माउन्टेन इनर्जी हाइड्रोको नाफा साढे ३० करोड, इपिएस ५४ रुपैयाँ

माउन्टेन इनर्जी नेपाल लिमिटेडले आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । विद्युत बिक्रीबाट हुने आम्दानी बढ्दा कम्पनीको नाफा अघिल्लो वर्षको पहिलो त्रैमासको तुलनामा वृद्धि भएको छ ।

खुद नाफा/घाटा : अघिल्लो वर्षको यसै अवधिको तुलनामा चालु आर्थिक वर्षको असोज मसान्तसम्म कम्पनीको खुद नाफामा उल्लेख्य वृद्धि भएको छ । यस त्रैमाससम्म हाइड्रोको खुद नाफा ३० करोड ५४ लाख रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको यसै अवधिसम्ममा कम्पनी २६ करोड ३६ लाख रुपैयाँ नाफामा रहेको थियो ।

विद्युत उत्पादनबाट आम्दानी : पहिलो त्रैमाससम्ममा कम्पनीले विद्युत उत्पादनबाट ४९ करोड ६० लाख रुपैयाँ खूद आम्दानी गरेको छ जुन अघिल्लो वर्ष ४५ करोड ४८ लाख रुपैयाँ रहेको थियो ।

सञ्चालन मुनाफा : पहिलो त्रैमाससम्म हाइड्रोको सञ्चालन मुनाफा ३७ करोड ६५ लाख रुपैयाँ पुगेको छ जुन गत आर्थिक वर्षको यसै अवधिसम्ममा ३३ करोड ९४ लाख रुपैयाँ रहेको थियो ।

वित्तीय खर्च : पहिलो त्रैमासिकमा मात्रै हाइड्रोले वित्तीय खर्च बापत् ६ करोड ५१ लाख रुपैयाँ तिरेको छ । गत आर्थिक वर्षको यसै अवधिसम्ममा कम्पनीले ७ करोड ८ लाख रुपैयाँ वित्तीय खर्च तिरेको थियो ।

नेटवर्थ : १५८.७७ रुपैयाँ

इपिएस : ५३.९६ रुपैयाँ (वार्षिकीकृत)

पिईरेसियो : ४८.९३ (अन्तिम मूल्य ६६० रुपैयाँ)

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button