ग्रीन भेन्चर्सको लाभांश घोषणा, साधारणसभा मिति पनि तय

ग्रीन भेन्चर्स लिमिटेडले आर्थिक वर्ष २०८०/८१ सम्मको वितरणयोग्य मुनाफाबाट घोषणा गरेको छ ।

पुस ५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले पुस २८ गते बस्ने गरि कम्पनीको साधारणसभाको मिति तय गरेको हो । यसैगरी बैठकले कम्पनीले हालको चुक्ता पुँजीको १० प्रतिशत बराबरको बोनस सेयर लाभांश बाँड्ने निर्णय पनि गरेको छ । यसैगरी कम्पनीले बोनस सेयर बापतको कर प्रयोजनका लागि चुक्ता पूँजीको ०.५२६३ प्रतिशत नगद लाभांश पनि वितरण गर्ने भएको छ ।

कम्पनीले लाभांश र साधारणसभा प्रयोजनार्थ पुस १४ गते एक दिन बुक क्लोज गर्ने जनाएको छ । अर्थात पुस १३ गतेसम्म कायम सेयरधनीले मात्र बोनस प्राप्त गर्न तथा साधारणसभामा भाग लिन सक्नेछन् ।

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button