
मङ्गलबार सुनको भाउ इतिहासकै उच्च विन्दुमा पुगेको छ । आज सुनको भाउ प्रति तोला १८ सय रुपैयाँले बढ्दा चाँदीको भाउ पनि स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रति तोला एक लाख ७९ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार सुन प्रति तोला एक लाख ७७ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदी प्रति तोला दुई हजार ३५ रुपैयाँमा कारोबार भइरहेको छ ।