नेप्सेमा सप्लाई सिजन, चार कम्पनीका थप १ करोड ७९ लाख कित्ता सेयर कारोबारमा आउँदै

यस आव लाभांश स्वरुप बोनस सेयर दिएका चार कम्पनीको थप १.७९ करोड कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ ।

आर्थिक वर्ष २०८०/८१ का लागि सिईडिबी होल्डिङ्स, अपि पावर कम्पनी, कामना सेवा विकास बैंक र एभरेष्ट बैंकले दिएको बोनस सेयर हिजो नेप्सेमा लिस्टिङ भएको हो । सिईडिबी होल्डिङ्सले ११ प्रतिशत, अपि पावर कम्पनीले ५ प्रतिशत, कामना सेवा विकास बैंकले ७ प्रतिशत र एभरेष्ट बैंकले १० प्रतिशत बोनस सेयर लाभांश बाँडेका थिए ।

यस अनुसार सिईडिबी होल्डिङ्स १० लाख २४ हजार ९१९.६१ कित्ता, अपि पावर कम्पनीको थप २८ लाख ९३ हजार २९८.९५६ कित्ता, कामना सेवा विकास बैंकको २२ लाख ९६ हजार ८१५.२७ कित्ता र एभरेष्ट बैंकको एक करोड १७ लाख ६७ हजार ९०३.८८ कित्ता गरि कुल एक करोड ७९ लाख ८२ हजार ९३७.७१६ कित्ता बोनस सेयर सूचीकृत भै दोस्रो बजारमा खरिद बिक्री योग्य भएको हो ।

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button