
नेपाल टेलिकमले पनि ५० रुपैयाँ भन्दा कम रिचार्ज नहुने व्यवस्था गरेको छ ।
कम्पनीले न्यूनतम टपअप रकम ५० रुपैयाँ बनाएसँगै अब त्यो भन्दा कम रुपैयाँ टपअप गर्न नमिल्ने भएको हो । यस अघि एनसेलले पनि न्यूनतम टपअप रकम ५० रुपैयाँ बनाएको थियो ।
यससँगै अब ग्राहकले ५० रुपैयाँ भन्दा सानो रकम सहजै कुनै पनि दूरसञ्चार सेवा प्रदायकम टपअप गर्न नपाउने भएका छन् । एनसेलमा ५० रुपैयाँ भन्दा कम रकम ट्रान्सफर भने गर्न मिल्छ ।