छिमेकी देश चीनमा फैलिरहेको ह्युमन मेटान्युमो भाइरस अर्को छिमेकी देश भारतमा पनि पुष्टि भएको छ ।
भारतको बेङ्गलुरुमा आठ महिने बालकमा उक्त भाइरस देखिएको भारतीय सञ्चारमाध्यमहरुले जानकारी दिएका छन् । चीनमा व्यापक फैलिएको भनिएको उक्त भाइरस मलेसियामा समेत पुष्टि भइसकेको छ । चीनले भने उक्त भाइरसको महामारी फैलिएको कुरालाई अस्वीकार गर्दै आएको छ । चीनले भाइरस फैलिनुलाई जाडो मौसमको सामान्य घटना भन्दै आएको छ ।
एचएमपि भाइरस श्वासप्रश्वाससँग सम्बन्धित भाइरस हो जुन सजिलै एक व्यक्तिबाट अर्कोमा सर्ने गर्दछ । यस अघि चीनबाटै फैलिएको कोरोना भाइरसले विश्वलाई नै आक्रान्त पारेको थियो ।
ADVERTISEMENT