शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडले आर्थिक वर्ष २०८०/८१ सम्मको वितरणयोग्य मुनाफाबाट घोषित लाभांश स्वीकृत भएसँगै साधारणसभा मिति तय गरेको छ ।
मंसिर २३ गते बसेको सञ्चालक समितिको बैठकले मङ्सिर २७ गते रुपन्देहीको मणिग्रामस्थित ड्रीमल्याण्ड होटेलमा बस्ने गरि बैंकले १६ औं साधारणसभाको मिति तय गरेको छ । कम्पनीले साधारणसभामा आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको प्रतिवेदन छलफल गरि पारित गर्ने, लेखापरीक्षण प्रतिवेदनसहित वित्तीय विवरणहरु पारित गर्ने, लेखापरीक्षक नियुक्ति गरि पारिश्रमिक निर्धारण गर्ने लगायत साधारण प्रस्तावहरु पेश गर्नेछ ।
कम्पनीले आव २०८०/८१ सम्मको सञ्चित मुनाफाबाट हालको चुक्ता पुँजीको ३ प्रतिशत बराबर बोनस सेयर र ५ प्रतिशत नगद लाभांश बाँड्ने प्रस्ताव गरेको थियो । बैंकले लाभांश र साधारणसभा प्रयोजनार्थ पुस ३ गते एक दिन बुक क्लोज गर्ने जनाएको छ । अर्थात पुस २ गतेसम्म कायम सेयरधनीले मात्र बोनस प्राप्त गर्न तथा साधारणसभामा भाग लिन सक्नेछन् ।