
दोर्दी खोला हाइड्रोले जारी गर्न लागेको हकप्रद सेयरका लागि मूल्य समायोजन भएको छ ।
नयाँ समायोजित मूल्य अनुसार अब बिहीबार यस कम्पनीको सेयर कारोबार ३४९.५ रुपैयाँमा खुल्नेछ । आज उक्त कम्पनीको प्रति सेयर ५९९ रुपैयाँमा अन्तिम कारोबार भएको थियो । कम्पनीले फागुन १५ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको थियो । अर्थात फागुन १४ गतेसम्म कायम सेयरधनीले हकप्रद सेयर प्राप्त गर्न सक्नेछन् तर भोलि १४ गते महाशिवरात्री पर्वका अवसरमा सेयर बजार नखुल्ने भएपछि आज नै बुक क्लोज अघि अन्तिम कारोबार भएको हो ।
हाइड्रोले हाल जारी पुँजीको १:१ अनुपातमा एक करोड ५ लाख ४२ हजार ६०४ हकप्रद सेयर जारी गर्नेछ । १०० रुपैयाँ अङ्कित उक्त परिमाणको हकप्रद जारी गरी कम्पनीले एक अर्ब ५ करोड ४२ लाख रुपैयाँ बढी पुँजी सङ्कलन गर्नेछ ।
कम्पनीको हकप्रद सेयर बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ ।