पोखरा फाइनान्स लिमिटेडले आर्थिक वर्ष २०८१/८२ को द्वितीय त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार कम्पनीको इपिएस ५८.९३ रुपैयाँले ऋणात्मक भएको छ ।
खुद नाफा – दोस्रो त्रैमाससम्ममा कम्पनीको खुद नाफामा भारी गिरावट भएको देखिन्छ । फाइनान्स अघिल्लो आर्थिक वर्षको यसै अवधिसम्म ६ करोड ६३ लाख रुपैयाँ नाफामा रहेको थियो । यस आवको दोस्रो त्रैमाससम्म कम्पनीको घाटा ६० करोड १० लाख रुपैयाँ पुगेको छ ।
खुद ब्याज आम्दानी – फाइनान्सको खुद ब्याज आम्दानीमा पनि गिरावट भएको छ । दोस्रो त्रैमाससम्म कम्पनीले कुल ६ करोड ८२ लाख रुपैयाँ ब्याज आम्दानी गरेको छ । त्यस अघिको आव कम्पनीले ८ करोड ९४ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।
खराब कर्जा अनुपात (एनपील) – फाइनान्सको खराब कर्जा अनुपात (एनपील) मा उच्च वृद्धि आएको छ । दोस्रो त्रैमाससम्म कम्पनीको खराब कर्जा ३३.४४ प्रतिशत पुगेको छ। अघिल्लो आर्थिक वर्ष यसै अवधिमा खराब कर्जा एनपीएल ४.७६ प्रतिशत रहेको थियो ।
वितरणयोग्य मुनाफा – एक अर्ब ५५ करोड २० लाख रुपैयाँले ऋणात्मक ।
प्रतिसेयर आम्दानी – ५८.९३ रुपैयाँले ऋणात्मक ।
प्रतिसेयर नेटवर्थ – ५३.९७ रुपैयाँ