प्रोग्रेसिभ फाइनान्स लिमिटेडले आर्थिक वर्ष २०८०/८१ सम्मको मुनाफाबाट लाभांश नदिने भएको छ ।
पुस ७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले यसपटक लाभांश नबाँड्ने निर्णय गरेको हो । यसैगरी बैठकले पुस २९ गते बस्ने गरि कम्पनीको साधारणसभाको मिति तय गरेको हो ।
कम्पनीले लाभांश र साधारणसभा प्रयोजनार्थ पुस १५ गते एक दिन बुक क्लोज गर्ने जनाएको छ । अर्थात पुस १४ गतेसम्म कायम सेयरधनीले मात्र बोनस प्राप्त गर्न तथा साधारणसभामा भाग लिन सक्नेछन् ।
ADVERTISEMENT