घोराही सिमेन्ट कम्पनी लिमिटेडले १:०.७५ अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने तयारी गरेको छ ।
कम्पनीको पुस ५ गते बसेको सञ्चालक समितिको बैठकले ७५ प्रतिशत हकप्रद निष्कासनका लागि साधारणसभामा विशेष प्रस्ताव पेश गर्ने निर्णय गरेको जनाइएको छ । बैंकको ऋण भुक्तानी गर्न हकप्रद शेयर निष्काशन गर्न लागेको पनि कम्पनीले जनाएको छ ।
कम्पनीको हालको चुक्ता पुँजी ४ अर्ब ५६ करोड ७६ लाख ८५ हजार ७ सय रुपैयाँ रहेको छ । शतप्रतिशत हकप्रद जारी गरेपछि कम्पनीको चुक्ता पुँजी ७ अर्ब ९९ करोड ३४ लाख ४९ हजार ९७५ रुपैयाँ पुग्नेछ ।
ADVERTISEMENT