ब्याजदर बढाउनेमा राष्ट्रिय वाणिज्य बैंक एक्लो, निक्षेपकर्ताले कुन बैंकमा पाउँछन् अधिक ब्याजदर?

मङ्सिर महिनाका लागि वाणिज्य बैंकहरुले ब्याजदर सार्वजनिक गरेका छन् जसअनुसार राष्ट्रिय वाणिज्य बैंकले मात्र ब्याजदर बढाएको छ ।

बैंकहरुद्वारा प्रकाशित नयाँ ब्याजदर अनुसार ११ वाणिज्य बैंकले ब्याजदर घटाएका छन् भने सात बैंकको ब्याजदर स्थिर रहेको छ । बढाउनेतर्फ राष्ट्रिय वाणिज्य बैंकले व्यक्तिगत मुद्दतिमा ब्याजदर ५.८ प्रतिशतबाट बढाएर ६ प्रतिशत पुर्याउँदा संस्थागत मुद्दतिमा भने ब्याजदर यथावत् राखेको छ ।

ब्याजदर सर्वाधिक कटौती गर्नेमा माछापुच्छ्रे र एनएमबि बैंक रहेका छन् । उक्त बैंकले १ प्रतिशत अङ्ककै हाराहारीमा ब्याजदर घटाएका छन् । माछापुच्छ्रे बैंकले संस्थागत मुद्दति निक्षेप ५.२५ बाट ४.२५ प्रतिशत र व्यक्तिगत मुद्दतिमा ७ बाट ६ प्रतिशतमा झारेको छ भने एनएमबि बैंकले संस्थागत मुद्दति निक्षेप ५.५ बाट ४.५७ प्रतिशत र व्यक्तिगत मुद्दतिमा ६.५ बाट ५.५७ प्रतिशतमा झारेको छ ।

संस्थागत र व्यक्तिगत मुद्दति दुवैतर्फ एनआइसी एसिया बैंकले सर्वाधिक क्रमश : ५.७९ र ६.७९ प्रतिशत ब्याज दिने भएको छ भने व्यक्तिगत मुद्दतिमा सबैभन्दा कम ब्याज लक्ष्मी सनराइज बैंकले ५.५ प्रतिशत र संस्थागततर्फ कृषि विकास बैंकले सबैभन्दा कम ३.२५ प्रतिशत ब्याज दिने भएका छन् ।

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button