नेपाल लाइफ इन्स्योरेन्सले अपर्च्यूनिटि फन्डमा साढे ३८ करोड लगानी गर्ने भएको छ ।
इन्स्योरेन्सले आध्यन्त फन्ड म्यानेजमेन्ट लिमिटेडको व्यवस्थापनमा सञ्चालित नेपाल अपर्च्यूनिटि फन्ड -१ नामक प्राइभेट इक्विटी फन्डमा एक हजार रुपैयाँ प्रति इकाईका दरले तीन लाख ८५ हजार इकाई खरिद गर्न लागेको हो । कार्तिक ८ गते इन्स्योरेन्सले उक्त कम्पनीसँग कुल ३८ करोड ५० लाख रुपैयाँ लगानी गर्ने सम्झौता गरेको छ ।
नेपाल लाइफले पछिल्लो समय पोर्टफोलियो विविधीकरण सहित आक्रामक लगानी विस्तार गरिरहेको छ । कम्पनीले यस अघि जलविद्युत कम्पनी मेवा डेभलपर्समा ५० करोड रुपैयाँ तथा प्रोफेसनल एजुकेटर्स लिमिटेड र युनिग्लोब हायर सेकेन्डरी स्कुलमा थप एक अर्ब ३३ करोड रुपैयाँ लगानी गर्ने निर्णय गरेको थियो ।
ADVERTISEMENT