हिमालय उर्जा विकास कम्पनी लिमिटेडले निष्कासन गरेको १ बराबर १ अनुपातको हकप्रद सेयर बाँडफाँड भएको छ ।
कम्पनीले कुल ९९ लाख कित्ता हकप्रद सेयर निष्कासन रितपूर्वक आवेदन दिने ३१ हजार ५८३ सय जना सेयरधनीहरुलाई ८४ लाख ५३ हजार ६४१ कित्ता हकप्रद बाँडफाँड गरिएको हो । कम्पनीले साउन २४ देखि भदौ १२ गतेसम्मका लागि हकप्रद सेयरमा आवेदन खुला गरेको थियो ।
हाल ९९ करोड चुक्ता पुँजी रहेको कम्पनीको हकप्रद सेयर बिक्रीपश्चात् कम्पनीको चुक्ता पुँजी १ अर्ब ९८ करोड रुपैयाँ पुग्नेछ । हकप्रद सेयरबाट संकलन भएको रकम बैंकहरूको ऋणको भुक्तानी गर्न प्रयोग हुने कम्पनीले बताएको छ । कायम हक भन्दा बढी सेयर माग गरि आवेदन दिनेहरुको रकम भदौ २८ देखि फिर्ता हुने पनि कम्पनीले जनाएको छ ।
ADVERTISEMENT