श्रीनगर एग्रीटेक इन्डष्ट्रिज लिमिटेडले सार्वजनिक निष्कासनको एजेन्डासहित विशेष साधारणसभा डाकेको छ ।
कम्पनीको सञ्चालक समितिको साउन १८ गतेको बैठकले भदौ ४ गते काठमाडौँको नक्सालस्थित कम्पनीको कर्पोरेट कार्यालयमा बस्ने गरी विशेष साधारणसभा मिति तय गरेको हो । कम्पनीले साधारणसभामा अधिकृत, चुक्ता तथा जारी पुँजी बढाउने, सर्वसाधारणमा सार्वजनिक निष्कासन गर्ने लगायत विविध प्रस्तावहरु पेश गरिने जनाएको छ ।
कृषि क्षेत्रमा काम गर्दै आएको कम्पनीले विभिन्न कम्पनीहरुसँग मिलेर आधुनिक प्रविधिमा आधारित कृषि प्रणाली विकास गरिरहेको छ ।
ADVERTISEMENT