स्ट्यान्डर्ड चार्टर्ड बैंकले गत आर्थिक वर्ष २०८०/८१ को अन्तिम त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार कम्पनीको मुनाफामा ४.५ प्रतिशतले गिरावट आएको छ ।
बैंकको नाफामा गिरावट आउनुको मुख्य कारणमा ब्याज आम्दानीमा आएको गिरावट देखिएको छ । बैंकको खुद ब्याज आम्दानी करिब ८० करोड रुपैयाँले घटेको छ ।यसैगरी चौथो त्रैमाससम्ममा बैंकले इम्प्यरमेन्ट चार्जका रुपमा २१ करोड रुपैयाँ छुट्ट्याएको छ ।
खुद नाफा – चौथो त्रैमाससम्ममा कम्पनीको खुद नाफामा सामान्य गिरावट भएको देखिन्छ । बैंकले अघिल्लो आर्थिक वर्षमा कुल ३ अर्ब ३० करोड ८९ लाख नाफा कमाएको छ । त्यस अघिको आव बैंकले ३ अर्ब ४६ करोड ५३ लाख रुपैयाँ नाफा कमाएको थियो ।
खुद ब्याज आम्दानी – बैंकको खुद ब्याज आम्दानी पनि घटेको छ । चौथो त्रैमास सम्म कम्पनीले कुल ५ अर्ब १५ करोड ४४ लाख रुपैयाँ ब्याज आम्दानी गरेको छ । त्यस अघिको आव बैंकले ५ अर्ब ९५ करोड ६० लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।
खराब कर्जा अनुपात (एनपील) – बैंकको खराब कर्जा अनुपात (एनपील) पनि थप बढेको छ । चौथो त्रैमाससम्म कम्पनीको खराब कर्जा २.१४ प्रतिशत पुगेको छ। अघिल्लो आर्थिक वर्ष यसै अवधिमा खराब कर्जा एनपीएल १.१८ प्रतिशत रहेको थियो।
वितरणयोग्य मुनाफा – २ अर्ब ४९ करोड ९१ लाख रुपैयाँ
प्रतिसेयर आम्दानी – ३५.०९ रुपैयाँ
पीई रेसियो – १७.१६ गुणा (अन्तिम मूल्य ६९२ हुँदा)
प्रतिसेयर नेटवर्थ – २१८ रुपैयाँ