एनएमबि बैंक लिमिटेडले आर्थिक वर्ष २०८०/८१ सम्मको मुनाफाबाट लाभांश नदिने भएको छ ।
मङ्सिर २१ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले यसपटक लाभांश नबाँड्ने निर्णय गरेको हो । बैठकले आव ०८०/८१ को वित्तीय विवरण छलफल गरि गरी स्वीकृतिका लागि नेपाल राष्ट्र बैंक समक्ष पेश गरिने र स्वीकृत पश्चात आगामी वार्षिक साधारण सभामा स्वीकृतिका लागि पेश गर्ने निर्णय गरेको जनाइएको छ ।
बैंकले अघिल्लो वर्ष पनि लाभांश वितरण गरेको थिएन ।
ADVERTISEMENT