भारतीय क्याबिनेटद्वारा तल्लो अरुण निर्माणका लागि ५८ अर्ब भारु बराबरको लगानी स्वीकृत

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा बसेको क्याबिनेट बैठकले तल्लो अरुण निर्माणका लागि ५८ अर्ब भारु बराबरको लगानी स्वीकृत गरेको छ ।

यस सँगै भारतीय सरकारी कम्पनी सतलज जल विद्युत निगम लिमिटेडले बनाउन लागेको ६६९ मेगावाटको तल्लो अरुण निर्माणका लागि वित्तीय स्रोत सुनिश्चितता भएको छ । अघिल्लो वर्ष अन्तर्राष्ट्रिय बिडिङमार्फत सतलजले उक्त योजना हात पारेको थियो । निर्माण – स्वामित्व – सञ्चालन र हस्तान्तरण मोडलमा उक्त योजना बन्न लागेको छ । आयोजनाबाट वार्षिक २९०० मिलियन युनिट बिजुली उत्पादन हुनेछ ।

पाँच वर्षमा निर्माण सम्पन्न हुने प्रक्षेपण गरिएको उक्त योजनाबाट उत्पादित बिजुली विहारको सितामढी ट्रान्समिसन लाइन हुँदै भारततर्फ नै निर्यात हुनेछ । सतलजले ९०० मेगावाटको माथिल्लो कर्णाली जलविद्युत आयोजना पनि निर्माण गर्दैछ । उक्त योजनाबाट उत्पादित बिजुली पनि भारत निर्यात गर्न अर्को भारतीय कम्पनी जिएमआरले ट्रान्समिसन लाइन निर्माण गरिरहेको छ ।

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button