एचआइडिसिएललेले आर्थिक वर्ष २०८०/८१ सम्मको वितरणयोग्य मुनाफाबाट घोषणा गरेको छ ।
कम्पनीले हालको चुक्ता पुँजीको ५.२५ प्रतिशत नगद लाभांश कर प्रयोजनका लागि समेत गरि बाँड्ने प्रस्ताव गरेको छ । अब नेपाल सरकारबाट स्वीकृति लिएर साधारणसभाबाट पारित गरेपश्चात् कम्पनीले लाभांश वितरण गर्नेछ ।
यसैगरी मङ्सिर २६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले पुस २४ गते बस्ने गरि कम्पनीको साधारणसभाको मिति तय गरेको छ । कम्पनीले लाभांश र साधारणसभा प्रयोजनार्थ पुस १२ गते एक दिन बुक क्लोज गर्ने जनाएको छ । अर्थात पुस ११ गतेसम्म कायम सेयरधनीले मात्र बोनस प्राप्त गर्न तथा साधारणसभामा भाग लिन सक्नेछन् ।
ADVERTISEMENT