प्राविधिक समस्या आए पछि पोखरा उडेको बुद्ध एयरको विमान केही मिनेटमै काठमाडौं फर्कियो

काठमाडौँबाट पोखरा उडेको बुद्ध एयरको विमानमा प्राविधिक समस्या आएपछि त्रिभुवन विमानस्थलमा अवतरण गरिएको छ ।

९एन – एमडी कल साइन रहेको उक्त जहाजमा प्राविधिक समस्या देखेपछि स्वयम्भू नजिकै पुगेर आकाशमै दुई फन्का घुमाएर खुमलटार हुँदै त्रिभुवन विमानस्थल फर्काइएको थियो । २.४० बजे विमानस्थलबाट उडेको विमानको केही मिनेट पछि नै सुरक्षित अवतरण भएको जनाइएको छ ।

उक्त विमानका यात्रुलाई अर्को जहाजबाट पोखरा पठाइएको बुद्ध एयरले सामाजिक सञ्जाल मार्फत जानकारी दिएको छ ।

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button