नेप्सेमा सूचीकृत यी दुई ठूला हाइड्रोले असोज महिना भित्रै उत्पादन थाल्दै

सार्वजनिक निष्कासन गरि नेप्सेमा सूचीकृत भइसकेका दुई ठूला हाइड्रोले असोज महिना भित्रै व्यवसायिक उत्पादन थाल्ने भएका छन् ।

रसुवामा निर्माणाधीन १११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजनाले असोजमा उत्पादन शुरु गर्ने तयारी गरेको छ । योजनाबाट वार्षिक ६१ करोड ३८ लाख ७५ हजार युनिट विद्युत उत्पादन गरी कम्पनीले ३ अर्ब २५ करोड रुपैयाँ आम्दानी गर्ने प्रक्षेपण गरेको छ । ६ अर्ब ८४ करोड २१ लाख रुपैयाँ चुक्तापूँजी भएको कम्पनीको सेयर हाल दोस्रो बजारमा प्रतिकित्ता ४०५ रुपैयाँमा कारोबार भइरहेको छ । यस योजनाको अद्यावधिक प्रति मेगावाट लागत करिब १५ करोड ३२ लाख रुपैयाँ रहेको छ ।

यसैगरी सिन्धुपाल्चोकमा निर्माणाधीन १०२ मेगावाटको मध्य भोटेकोसी जलविद्युत आयोजनाले भदौ मै उत्पादन शुरु गर्ने तयारी गरेको छ । योजनाबाट वार्षिक ५४ करोड २२ लाख युनिट विद्युत उत्पादन गरी कम्पनीले २ अर्ब ८० करोड रुपैयाँ आम्दानी गर्ने प्रक्षेपण गरेको छ । ६ अर्ब रुपैयाँ चुक्तापूँजी भएको कम्पनीको सेयर हाल दोस्रो बजारमा प्रतिकित्ता ३९० रुपैयाँमा कारोबार भइरहेको छ । यस योजनाको अद्यावधिक प्रति मेगावाट लागत करिब १४ करोड ७५ लाख रुपैयाँ रहेको छ ।

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button