नेपाल हाइड्रो डेभलोपर लिमिटेडले आर्थिक वर्ष २०८०/८१ सम्मको वितरणयोग्य मुनाफाबाट घोषणा गरेको छ ।
मङ्सिर २८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले पुस २५ गते बस्ने गरि कम्पनीको साधारणसभाको मिति तय गरेको हो । यसैगरी बैठकले कम्पनीले हालको चुक्ता पुँजीको ८ प्रतिशत बराबरको बोनस सेयर लाभांश बाँड्ने निर्णय पनि गरेको छ । यसैगरी कम्पनीले बोनस सेयर बापतको कर प्रयोजनका लागि चुक्ता पूँजीको ०.४२ प्रतिशत नगद लाभांश पनि वितरण गर्ने भएको छ ।
कम्पनीले लाभांश र साधारणसभा प्रयोजनार्थ पुस ८ गते एक दिन बुक क्लोज गर्ने जनाएको छ । अर्थात पुस ७ गतेसम्म कायम सेयरधनीले मात्र बोनस प्राप्त गर्न तथा साधारणसभामा भाग लिन सक्नेछन् ।
ADVERTISEMENT