महुली लघुवित्त वित्तीय संस्थाले एफपिओ बिक्री खुलाउने भएको छ ।
पुस ५ गतेदेखि पुस ९ गतेसम्म लघुवित्तको एफपिओमा आवेदन दिन सकिने कम्पनीले सार्वजनिक गरेको विवरणपत्रमा उल्लेख गरिएको छ । लघुवित्तले ४ लाख ७५ हजार ४४९.१५ कित्ता सेयर एफपिओ जारी गर्न लागेको हो ।
एक सय रुपैयाँ अंकित मूल्यमा लघुवित्तले एफपिओ मार्फत ४ करोड ७५ लाख ४४ हजार ९१६ रुपैयाँ रकम उठाउने छ । एफपिओ अघि लघुवित्तको पूँजी संरचना संस्थापक समूहको ८०.३२ प्रतिशत र सर्वसाधारणको १९.६८ प्रतिशत रहेको छ । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा ९ बमोजिम सर्वसाधारणको पूँजी संरचना ३० प्रतिशत कायम गर्न एफपीओ जारी गर्न लागेको कम्पनीले जनाएको छ ।
एफपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ । कम्पनीको हाल नेटवर्थ २०८.४ रुपैयाँ र प्रति सेयर आम्दानी २१.४४ रुपैयाँ रहेको छ ।