सयपत्री हाइड्रोले हकप्रद जारी गर्ने

सयपत्री हाइड्रोपावर लिमिटेडले हकप्रद शेयर निष्काशन गर्ने तयारी गरेको छ ।

कम्पनीको मंसिर २ गते बसेको सञ्चालक समितिको बैठकले शतप्रतिशत हकप्रद निष्कासनका लागि विद्युत नियमन आयोगसँग स्वीकृति लिने र स्वीकृति प्राप्त भएपछि साधारणसभामा पेश गर्ने निर्णय गरेको जनाइएको छ । कम्पनीले बैंकको ऋण तथा दायित्व भुक्तानी गर्न तथा दरम खोला आयोजनाको मर्मतसम्भार गर्न हकप्रद शेयर निष्काशन गर्न लागेको पनि जनाइएको छ ।

कम्पनीको हालको चुक्ता पुँजी ३० करोड रुपैयाँ रहेको छ । शतप्रतिशत हकप्रद जारी गरेपछि चुक्ता पुँजी ६० करोड रुपैयाँ पुग्नेछ ।

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button