पूर्व सभामुख स्व. दमननाथ ढुङ्गानाको निधनमा आज सोमबार सरकारले शोक बिदा दिएको छ ।
आज बिहान बसेको मन्त्रीपरिषद् बैठकले स्वर्गीय ढुङ्गानाको बिदाइ राष्ट्रिय सम्मान प्रदान गरि दिने निर्णय गर्दै आज बिदा दिने निर्णय गरेको हो । बैठकले स्वदेश र विदेशस्थित सबै सरकारी कार्यालयमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको पनि जनाइएको छ ।
सार्वजनिक बिदा घोषणा भएसँगै आज सेयरबजार पनि बन्द रहने जनाइएको छ । नेप्सेको क्यालेन्डरमा भने आज बिदा उल्लेख गरिएको छैन ।
ADVERTISEMENT