सोल्टी होटलले दिने भयो भव्य लाभांश, २६.८४ प्रतिशत नगद दिँदा बोनस सेयर कति?

सोल्टी होटल लिमिटेडले आर्थिक वर्ष २०८०/८१ सम्मको वितरणयोग्य मुनाफाबाट घोषणा गरेको छ ।

कम्पनीको कार्तिक १३ गते बसेको सञ्चालक समितिको बैठकले हालको चुक्ता पुँजीको १० प्रतिशतले बराबरको बोनस सेयर र थप २६.८४ प्रतिशत नगद लाभांश करसहित बाँड्ने प्रस्ताव गरेको छ । यसैगरी बैठकले पुस ४ गतेका लागि कम्पनीको वार्षिक साधारणसभा मिति पनि तय गरेको छ ।

होटलले लाभांश र साधारणसभा प्रयोजनार्थ मङ्सिर १३ गते देखि पुस ४ गतेसम्म बुक क्लोज गर्ने जनाएको छ । अर्थात कार्तिक २४ गतेसम्म कायम सेयरधनीले मात्र बोनस प्राप्त गर्न तथा साधारणसभामा भाग लिन सक्नेछन् ।

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button