
हिमालयन डिष्टिलरी लिमिटेडले आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । व्यापारबाट हुने आम्दानीमा उल्लेख्य वृद्धि हुँदा कम्पनीको नाफामा पनि उछाल आएको हो ।
खुद नाफा/घाटा – अघिल्लो वर्षको तुलनामा चालु आर्थिक वर्षको असोज मसान्तसम्म कम्पनीको खुद नाफामा वृद्धि भएको छ । यस त्रैमासमा कम्पनीको खुद नाफा १९ करोड ८८ लाख रुपैयाँ रहेको छ जुन गत आर्थिक वर्षको यसै अवधिसम्ममा १० करोड ५१ लाख रुपैयाँ रहेको थियो । खुद नाफा करिब ८९.०४ प्रतिशतले बढेको हो ।
कारोबारबाट आम्दानी – पहिलो त्रैमाससम्ममा कम्पनीले आफ्नो कारोबारबाट एक अर्ब ४८ करोड ६६ लाख रुपैयाँ आम्दानी गरेको छ जुन अघिल्लो वर्ष ९७ करोड १८ लाख लाख रहेको थियो ।
सञ्चालन मुनाफा – कम्पनीको सञ्चालन मुनाफा पनि उल्लेख्य रुपमा बढेको छ । पहिलो त्रैमाससम्म कम्पनीको सञ्चालन मुनाफा २८ करोड १९ लाख रुपैयाँ पुगेको छ जुन गत आर्थिक वर्षको यसै अवधिसम्ममा १५ करोड ६२ लाख रुपैयाँ रहेको थियो ।
वितरणयोग्य मुनाफा : १९ करोड ८८ लाख ७१ हजार रुपैयाँ
प्रति सेयर आम्दानी : इपीएस यो त्रैमासमा २९.७७ रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको यसै अवधिसम्ममा इपिएस १३ रुपैयाँ २१ पैसा रहेको थियो ।
मूल्य आम्दानी अनुपात : ४५.८६ गुणा
प्रति सेयर नेटवर्थ : १३३ रुपैयाँ २९ पैसा