सानिमा क्यापिटलद्वारा सञ्चालित तीन सामूहिक लगानी कोषको लाभांश हासिल गर्ने आज अन्तिम मौका रहेको छ ।
क्यापिटल अन्तर्गत सञ्चालित सानिमा ग्रोथ फन्ड, सानिमा लार्ज क्याप फन्ड र सानिमा इक्विटी फन्डको भोलि भदौ २६ बिहीबार बुक क्लोज रहेको हुँदा आज कारोबार समयसम्म खरिद गर्ने लगानीकर्ताले लाभांश प्राप्त गर्नेछन् । सानिमा ग्रोथ फन्ड र सानिमा लार्ज क्याप फन्डले समान १०-१० प्रतिशत र सानिमा इक्विटी फन्डले १५ प्रतिशत लाभांश प्रस्ताव गरेका हुन् ।
भदौ १४ गतेको निर्णय अनुसार सानिमा ग्रोथ फन्डले ६ करोड ७२ लाख ५३ हजार २६० रुपैयाँ, सानिमा लार्ज क्याप फन्डले १२ करोड रुपैयाँँ र सानिमा इक्विटी फन्डले १९ करोड ५० लाख रुपैयाँ करसहित वितरण गर्न लागेका हुन् ।
ADVERTISEMENT