सार्बजनिक बिदा आतंक !

मुक्ति अर्याल
केहि बर्ष पहिलेको बन्द जस्तै आतंक भयो अहिले दिने गरेको सार्बजनिक बिदा । कसैको मृत्युमा बिदा दिएर सारा देश नै बन्द गर्न मिल्दैन । कसैलाई सम्मान दिने हो भने आधा झण्डा झुकाए पुग्छ ।

वास्तबमा भन्ने हो भने यस्तो सार्बजनिक बिदा दिनै हुदैन, मिल्दैन । जो सुकैको मृत्यु किन नहोस, बिदा दिएर आजको यति ब्यस्त समयमा करोडौको काम एकाएक बन्द गर्न मिल्छ ? यसले कति मानिसलाई कति समस्या पैदा गर्छ, कतिको कति नोक्सान गर्छ, कति काममा बाधा पुर्याऊछ ? कुनै हिसाब छ ?

यो सार्बजनिक बिदाको अभ्यास अति नै पिछडिएको, अनुत्पादक र पुरातन सोच हो । आफ्नो खुट्टामा बन्चरो हान्या जस्तै नोक्सान बाहेक केहि नगर्ने यो साह्रै पटमुर्ख काम हो ।

सरकारी मापदण्ड अनुसार कुनै ब्यक्तिको मृत्युमा सम्मान दिनुपर्ने हो भने आधा झण्डा झुकाऊने अभ्यास गर्दा सम्मान पनि हुने र कसैको काममा बाधा पनि नपुग्ने हुन्छ । यो अभ्यास गर्न जरुरी छ ।

हाम्रा हरेक काममा फरक सोच र फरक अभ्यास चाहियो ! कर्मकाण्डि बिरालो बाध्ने सोचले आजको दुनियॅा चल्दैन र हामी झन् पछाडी पर्ने मात्र हो ।

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button