तेह्रथुम पावर कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । विद्युत बिक्रीबाट हुने आम्दानी बढ्दा कम्पनीको नाफा अघिल्लो त्रैमासिकको तुलनामा वृद्धि भएको हो ।
खुद नाफा/घाटा : अघिल्लो वर्षको तुलनामा चालु आर्थिक वर्षको असोज मसान्तसम्म कम्पनीको खुद नाफामा उल्लेख्य वृद्धि भएको छ । यस त्रैमाससम्म हाइड्रोको खुद नाफा ४ करोड ६० लाख रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको यसै अवधिसम्ममा कम्पनी २ करोड ६६ लाख रुपैयाँ नाफामा रहेको थियो ।
विद्युत उत्पादनबाट आम्दानी : पहिलो त्रैमाससम्ममा कम्पनीले विद्युत उत्पादनबाट ८ करोड २७ लाख १७ हजार रुपैयाँ खूद आम्दानी गरेको छ जुन अघिल्लो वर्ष ७ करोड रुपैयाँ रहेको थियो ।
सञ्चालन मुनाफा : पहिलो त्रैमाससम्म हाइड्रोको सञ्चालन मुनाफा ६ करोड ७३ लाख रुपैयाँ पुगेको छ जुन गत आर्थिक वर्षको यसै अवधिसम्ममा ५ करोड ४० लाख रुपैयाँ रहेको थियो ।
वित्तीय खर्च : पहिलो त्रैमासिकमा मात्रै हाइड्रोले वित्तीय खर्च बापत् २ करोड १२ लाख रुपैयाँ तिरेको छ । गत आर्थिक वर्षको यसै अवधिसम्ममा कम्पनीले २ करोड ७३ लाख रुपैयाँ वित्तीय खर्च तिरेको थियो ।
वितरणयोग्य मुनाफा : जारी आवको कारोबारबाट यस त्रैमाससम्म वितरणयोग्य मुनाफा ४ करोड ६० लाख ३३ हजार रुपैयाँ रहेको छ ।
नेटवर्थ : ६७.३९ रुपैयाँ
इपिएस : ४६.०३ रुपैयाँ
पिईरेसियो : १०.६४ (अन्तिम मूल्य ४८९.९ रुपैयाँ)