गुराँस लघुवित्तले घोषणा गर्यो लाभांश, बोनस सेयर कति ?

गुराँस लघुवित्तले आर्थिक वर्ष २०८०/८१ सम्मको वितरणयोग्य मुनाफाबाट लाभांश घोषणा गरेका छ ।

लघुवित्तले कुल १५ प्रतिशत लाभांश घोषणा गरेको हो । कम्पनीले हाल कायम चुक्ता पुँजीको १४.२५ प्रतिशतले हुन आउने एक करोड ४४ लाख ४९ हजार पाँच सय रुपैयाँ बराबरको बोनस सेयर र सो को कर प्रयोजनका लागि ०.७५ प्रतिशतले हुन आउने सात लाख साठी हजार पाँच सय रुपैयाँ नगद लाभांशका रुपमा बाँड्न लागेका हो ।

लाभांश प्रयोजनका लागि बुकक्लोज मिति भने तय गरिएको छैन । गुराँस लघुवित्तको अघिल्लो दिनको अन्तिम कारोबार मूल्य १ हजार ८ सय ७२रुपैयाँ रहेको छ । कम्पनीले आव २०७८/७९ मा ४.२१०५ प्रतिशत र आव २०७७/७८ मा १७.७९६ प्रतिशत लाभांश वितरण गरेको थियो ।

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button