
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ ।
नतिजा अनुसार नियमिततर्फ ५२.९१ प्रतिशत विद्यार्थी उत्तीर्ण (ग्रेडेड) भएका छन् भने ४७.०९ प्रतिशत विद्यार्थी नन ग्रेडेड रहेका छन् । एक लाख ८७ हजार २१ जना विद्यार्थीको एनजी आएको हो ।
यसैगरी नौ हजार पाँच सय ५१ जनाको ए+ ग्रेड आएको छ ।



