आइतबार सार्वजनिक बिदा, कारण यस्तो…

मङ्सिर २३ गते आइतबार प्रदेश सरकारले सार्वजनिक बिदा दिएको छ ।

प्रसिद्ध गढीमाई मेलाको उद्घाटनका दिन हुने विशेष पूजाको अवसरमा मधेस प्रदेश सरकारले २३ गते प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो । एक महिना लामो गढीमाई मेला बारा जिल्लाको महागढीमाई नगरपालिकाको बरियापुरमा लाग्ने गर्दछ ।

हरेक ५-५ वर्षमा हुँदै आएको मेला पशुबलिका कारण विवादित रहँदै आएको छ । मेलामा देशभरका साथै छिमेकी राष्ट्र भारतबाटसमेत ठूलो संख्यामा भक्तजन आउने गरेका छन् ।

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button