कान्तिपुर फर्मास्युटिकल्स ल्याब प्राइभेट लिमिटेडले सार्वजनिक निष्कासनको एजेन्डासहित साधारणसभा डाकेको छ ।
मङ्सिर ५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले असार ६ गते काभ्रेको धुलिखेलस्थित होटल सारथीमा बस्ने गरी प्रथम साधारणसभा मिति तय गरेको हो । सभामा कम्पनीको प्रबन्ध पत्र तथा नियमावलीमा संशोधनलगायतका प्रस्तावमा छलफल गरिने जनाइएको छ । यसैगरी सभामा सार्वजनिक निष्कासन गर्ने विषयमा पनि छलफल र निर्णय गरिने जनाइएको छ ।
कम्पनीले विशेषगरी भेटेरनरी औषधि लगायत पशु स्वास्थ सम्बन्धित उत्पादन गर्ने गरेको छ । पशुको आहारा, पोषक खुराक लगायत उत्पादन पनि गरिरहेको कम्पनीको विवरणमा उल्लेख गरिएको छ ।
ADVERTISEMENT