लिबर्टी इनर्जी र बलेफी हाइड्रो कम्पनी लिमिटेडको जारी गर्न लागेको हकप्रद सेयर सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।
दुवै कम्पनीले हकप्रद सेयर जारी प्रयोजनार्थ कार्तिक २१ गते बुकक्लोज गर्दैछन् । अर्थात आज कार्तिक २० गतेसम्म कारोबार भई कायम रहेका सेयरधनीले मात्र कम्पनीले जारी गर्न लागेको हकप्रद सेयर भर्न पाउनेछन् ।
लिबर्टी इनर्जीले हाल कायम चुक्ता पुँजीको ५० प्रतिशत बराबर हकप्रद सेयर जारी गर्न लागेको छ । कम्पनीले हालको चुक्ता पुँजी एक अर्ब ५० करोड रुपैयाँ रहेकोमा त्यसको ५० प्रतिशत बराबरको हकप्रद सेयर जारी गर्न लागिएको हो । हकप्रद पश्चात् कम्पनीको चुक्तापूँजी २ अर्ब २५ रुपैयाँ पुग्नेछ ।
यसैगरी बलेफी हाइड्रोले हाल कायम चुक्ता पुँजीको शतप्रतिशत बराबर हकप्रद सेयर जारी गर्न लागेको छ । कम्पनीले हालको चुक्ता पुँजी एक अर्ब ८२ करोड ७९ लाख ७० हजार रुपैयाँ रहेकोमा सोही बराबरको हकप्रद सेयर जारी गर्न लागिएको हो । हकप्रद पश्चात् कम्पनीको चुक्तापूँजी ३ अर्ब ६५ करोड रुपैयाँ भन्दा बढी पुग्नेछ ।