दोस्रो त्रैमासमा समाज लघुवित्तले कमायो १२ हजार चार सय ७० रुपैयाँ, सेयर भाउ ३४४५ प्रति कित्ता

समाज लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०८१/८२ को द्वितीय त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार उक्त अवधिमा कम्पनीले १२ हजार चार सय ७० रुपैयाँ नाफा कमाएको छ ।

खुद नाफा – दोस्रो त्रैमाससम्ममा कम्पनीको खुद नाफामा भारी गिरावट भएको देखिन्छ । लघुवित्त अघिल्लो आर्थिक वर्षको यसै अवधिसम्म ५१ लाख ३० हजार रुपैयाँ नाफामा रहेको थियो । यस आवको दोस्रो त्रैमासमा कम्पनीको नाफा १२ हजार रुपैयाँमा सीमित पुगेको छ ।

खुद ब्याज आम्दानी – लघुवित्तको खुद ब्याज आम्दानीमा पनि गिरावट भएको छ । दोस्रो त्रैमाससम्म कम्पनीले कुल एक करोड ६ लाख रुपैयाँ ब्याज आम्दानी गरेको छ । त्यस अघिको आव कम्पनीले २ करोड २ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

खराब कर्जा अनुपात (एनपील) – कम्पनीको खराब कर्जा अनुपात (एनपील) मा पनि वृद्धि आएको छ । दोस्रो त्रैमाससम्म कम्पनीको खराब कर्जा ४.९ प्रतिशत पुगेको छ। अघिल्लो आर्थिक वर्ष यसै अवधिमा खराब कर्जा एनपीएल ४.८२ प्रतिशत रहेको थियो ।

वितरणयोग्य मुनाफा – १२ हजार ४ सय ७० रुपैयाँ

प्रतिसेयर आम्दानी – ०.०५ रुपैयाँले ऋणात्मक ।

प्रतिसेयर नेटवर्थ – २२२.०२ रुपैयाँ

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button