टिएमएसबाट सेयर नै गायब, बेच्न नपाएको भन्दै लगानीकर्ता आक्रोशित

तीन दिन बिदापछि आज खुलेको सेयरबजारमा कतिपय लगानीकर्ताको टिएमएसबाट सेयर नै गायब भएको छ ।

मेरो सेयरमा देखिरहेको सेयर अचानक टिएमएसबाट गायब हुँदा लगानीकर्ता भने आक्रोशित भएका छन् । आज बजारमा उतारचढाव भइरहे पनि सेयर बेच्न नपाएको भन्दै लगानीकर्ताले असन्तुष्टि पोखेका हुन् । कतिपयको आधा भन्दा बढी सेयर नै नदेखिएको लगानीकर्ताले अर्थपोस्टसँग गुनासो गरेका छन् ।

टिएमएसमको सिडिएस ब्यालेन्समा सेयर नभए सेयर बेच्न पाइदैन । टिएमएसमा यस अघि पनि विभिन्न समस्या देखिदैँ आएका थिए ।

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button