सोमबार बजारमा दोहोरो अङ्कको वृद्धि हुँदा शीर्ष १० ब्रोकरमध्ये ७ ब्रोकर मार्फत बिक्री धेरै हुँदा तीन ब्रोकर मार्फत खरिद बढी भएको छ ।
आज सर्वाधिक कारोबार भएको ब्रोकर नम्बर ५८ बाट कुल ३९.७४ करोड बराबरको सेयर बिक्री भएको छ भने ३६ करोडको सेयर खरिद भएको छ । दोस्रो उच्च कारोबार गरेको ब्रोकर ३४ मार्फत २३.७४ करोडको सेयर खरिद हुँदा २०.६१ करोड बराबरको सेयर बिक्री भएको छ ।
यसैगरी तेस्रो उच्च कारोबार गर्ने ब्रोकर ४५ मार्फत बिक्री नै धेरै भएको छ । सो ब्रोकरबाट २०.५४ करोड बराबरको सेयर खरिद हुँदा २१.१४ करोडको सेयर बिक्री भएको छ । चौथो उच्च कारोबार गर्ने ब्रोकर ४९ बाट पनि बिक्री नै धेरै देखिएको छ । उक्त ब्रोकरबाट १८.४९ करोड बराबरको सेयर खरिद हुँदा २२.९९ करोडको सेयर बिक्री भएको छ ।
उच्च कारोबार गर्ने शीर्ष १० मध्ये बाकिँ दुई ब्रोकरबाट भने बिक्रीभन्दा बढी खरिद भएको छ भने तीन ब्रोकरमार्फत बिक्री नै धेरै भएको छ ।