सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आव ०८०/८१ को मुनाफाबाट घोषणा गरेको २० प्रतिशत नगद लाभांश सेयरधनीको खातामा जम्मा गरिदिएको छ ।
कम्पनीका अनुसार सेयरधनीहरुको हितग्राही खातामा उल्लेख गरिएको बैंक खातामा चैत ६ गते देखि नै लाभांश जम्मा गर्न थालिएको हो । बुक क्लोज मितिसम्ममा कायम रहेका शेयरधनीहरुको हितग्राही खातामा बैंक खाताको विवरण अद्यावधिक भएको हकमा नगद लाभांशबापतको रकम सोही खातामा नै जम्मा गरिने व्यवस्था गरिएको छ ।
हालसम्म पनि अभौतिकीकरण (डिम्याट) नगराएका वा हितग्राही खाता खोलेर पनि कम्पनीको सेयर अभौतिकीकरण नगराएका शेयरधनीहरुले आफूलाई पायक पर्ने निक्षेप सदस्यकोमा हितग्राही खाता खोली सेयर अभौतिकीकरण गराएर लाभांश प्राप्त गर्न सक्नेछन् । कम्पनीको सेयर धितोबन्धक राखेका हकमा बुक क्लोज अघिको मितिसम्म कायम सेयरधनीलाई बैंक तथा वित्तीय संस्थाले नो अब्जेक्सन लेटर दिएपछि र कर्जा भुक्तानी गरेका हकमा फुकुवा पत्र प्राप्त भएपछि लाभांश खातामा जम्मा गरिने पनि बैंकले जनाएको छ ।
यसैगरी कम्पनीले अघिल्ला वर्षहरुको नगद लाभांश लिन बाकिँ सेयरधनीले पनि लाभांश बुझिलिन पनि सूचित गरेको छ । पाँच वर्षसम्म पनि नगद लाभांश लिन नआएमा कम्पनी ऐन २०६३ को दफा १८३ बमोजिम स्थापना हुने लगानीकर्ता संरक्षण कोषमा उक्त रकम जम्मा हुने व्यवस्था रहेको छ ।