नेपाल टेलिकम कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८०/८१ सम्मको वितरणयोग्य मुनाफाबाट लाभांश घोषणा गरेका छ ।
कम्पनीले हाल कायम चुक्ता पुँजीको ३० प्रतिशतले हुन आउने रकम नगद लाभांशका रुपमा बाँड्न लागेका हो । कम्पनीको पुस ६ गते बसेको सञ्चालक समितिको बैठकले पुस २८ गते बस्ने गरि साधारणसभा मिति पनि तय गरेको छ ।
साधारणसभा प्रयोजनार्थ पुस १८ गते एक दिन बुक क्लोज गर्ने जनाएको छ । अर्थात पुस १७ गतेसम्म कायम सेयरधनीले मात्र साधारणसभामा भाग लिन सक्नेछन् ।
ADVERTISEMENT