सिटि होटल लिमिटेडले कम्पनीको नवौं वार्षिक साधारणसभा डाकेको छ । कम्पनीले आफ्ना सेयरधनीलाई कुनै लाभांशको व्यवस्था भने गरेको छैन ।
मङ्सिर २६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले पुस ३ गते काठमाडौंको कालीमाटीस्थित कालीमाटी ब्याङ्क्वेटमा बस्ने गरि साधारणसभाको मिति तय गरेको हो । कम्पनीले साधारणसभामा आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको प्रतिवेदन छलफल गरि पारित गर्ने, लेखापरीक्षण प्रतिवेदनसहित वित्तीय विवरणहरु पारित गर्ने, लेखापरीक्षक नियुक्ति गरि पारिश्रमिक निर्धारण गर्ने लगायत साधारण प्रस्तावहरु पेश गर्ने जनाएको छ ।
यसैगरी कम्पनीले हाल कायम चुक्ता पूँजीको ८० प्रतिशत बराबरको हकप्रद सेयर निष्कासन गर्ने एजेन्डा पनि बैठकमा पेश गर्ने जनाएको छ । साधारणसभा प्रयोजनार्थ पुस १६ गते एक दिन बुक क्लोज गर्ने जनाएको छ । अर्थात पुस १४ गतेसम्म कायम सेयरधनीले मात्र साधारणसभामा भाग लिन सक्नेछन् ।