एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेड र फर्स्ट माइक्रोफाइनान्सको आज समायोजित मूल्यमा सेयर कारोबार खुल्दैछ ।
एनआरएनले घोषणा गरेको ५ प्रतिशत बोनस सेयरका आधारमा दोस्रो बजारमा मूल्य समायोजन गरिएको हो । समायोजित मूल्य अनुसार आज कम्पनीको कारोबार १०६१.९० रुपैयाँमा खुल्नेछ । बिहीबार कम्पनीको अन्तिम कारोबार १११५ रुपैयाँमा भएको थियो । कम्पनीले हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत बराबर बोनस शेयर र कर प्रयोजनका लागि ०.२६३२ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ ।
यसैगरी फर्स्ट माइक्रोफाइनान्सले घोषणा गरेको ९ प्रतिशत बोनस सेयरका आधारमा दोस्रो बजारमा मूल्य समायोजन गरिएको हो । समायोजित मूल्य अनुसार आज कम्पनीको कारोबार ७३१.१९ रुपैयाँमा खुल्नेछ । बिहीबार कम्पनीको अन्तिम कारोबार ७९७ रुपैयाँमा भएको थियो । कम्पनीले हाल कायम चुक्ता पुँजीको ९ प्रतिशत बराबर बोनस शेयर र कर प्रयोजनका लागि ०.४७ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ ।