सोमबार बजारमा दोहोरो अङ्कको वृद्धि हुँदा सबैभन्दा धेरै कारोबार गर्ने ब्रोकर नम्बर ५८ मार्फत उच्च बिक्री भएको छ ।
यसैगरी उच्च कारोबार गर्ने शीर्ष १० ब्रोकरमध्ये ६ ब्रोकर मार्फत खरिद धेरै हुँदा चार ब्रोकर मार्फत बिक्री बढी भएको छ । आज ब्रोकर नम्बर ५८ बाट मात्रै कुल ५१.८९ करोड बराबरको सेयर बिक्री भएको छ भने ३२.२ करोडको सेयर खरिद भएको छ । दोस्रो उच्च कारोबार गरेको ब्रोकर ४५ मार्फत २६.७ करोडको सेयर खरिद हुँदा २४.३ करोड बराबरको सेयर बिक्री भएको छ ।
यसैगरी तेस्रो उच्च कारोबार गर्ने ब्रोकर ४९ मार्फत बिक्री नै धेरै भएको छ । सो ब्रोकरबाट २३.५ करोड बराबरको सेयर बिक्री हुँदा २०.३९ करोडको सेयर खरिद भएको छ । चौथो उच्च कारोबार गर्ने ब्रोकर ४२ बाट पनि बिक्री नै धेरै देखिएको छ । उक्त ब्रोकरबाट २२.४६ करोड बराबरको सेयर बिक्री हुँदा १९.२३ करोडको सेयर खरिद भएको छ ।