एप्पल माथि सामसङको ट्रोल, “फोल्डेबल फोनको प्रतीक्षा अझै जारी”

विख्यात एप्पल कम्पनीलाई अर्को विख्यात अग्रणी मोबाइल कम्पनी सामसङले संकेतात्मक रुपमा ट्रोल गरेको छ ।

कम्पनीले सामाजिक सञ्जाल एक्समा सन् २०२२ मा पोस्ट गरेको एउटा ट्विटलाई रिट्विट गर्दै फोल्ड गर्न मिल्ने फोनको प्रतीक्षामै रहेको बताएको छ । सन् २०२२ मा गरिएको ट्विटमा लेखिएको छ, ” जब फोल्ड गर्न मिल्छ तब जानकारी दिनु” । सोही ट्विटलाई रिट्विट गर्दै सामसङले आफू अझै कुरिरहेको बताएको उल्लेख गरेको हो ।

एप्पलले सोमबार आफ्नो पछिल्लो आइफोन १६ मोडल सार्वजनिक गरेको थियो । आइफोन १६ सँगै कम्पनीले आइफोन १६ प्रो र आइफोन १६ प्रो म्याक्स पनि सार्वजनिक गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button