एनएलजी इन्स्योरेन्सले घटायो हकप्रदको अनुपात, अब कति?

एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले जारी गर्ने तयारी गरेको हकप्रद सेयरको अनुपात घटाउने भएको छ ।

कम्पनीको संचालक समितिको भदौ २४ गते बसेको बैठकले कम्पनीको तत्कालिन कायम रहेको रु.१ अर्ब ४५ करोड ९२ लाख ७५ हजार ७९०.५० चुक्ता पूँजीको ६६ प्रतिशत हकप्रद निष्कासन गर्ने निर्णय गरेकोमा त्यसलाई घटाएर ६२.५६ प्रतिशत बराबरको मात्र हकप्रद जारी गर्ने निर्णय गरेको हो ।

बीमा प्राधिकरणको निर्जीवन बीमा कम्पनीलाई साढे २ अर्ब चुक्ता पूँजी पुर्याउने निर्देशन कार्यान्वयन गर्न भन्दै कम्पनीले यसअघि ६६ प्रतिशत हकप्रद निष्कासन गर्ने तयारी गरेको थियो । तर गत आर्थिक वर्षको मूनाफाबाट कम्पनीले ५.५० प्रतिशत लाभांशको रुपमा वोनस शेयर पारित गरेपछि चुक्ता पुँजी एक अर्ब ५३ करोड ९५ लाख ३५ हजार ९५८.९७ चुक्ता पूँजी कायम भएको थियो ।

सोही कायम चुक्ता पुँजीको ६२.५६ प्रतिशत बराबरको हकप्रद शेयर जारी गर्दा न्युनतम तोकिएको चुक्ता पूँजी कायम गर्न सकिने भएकोले र पुर्व घोषित ६६ प्रतिशत हकप्रद शेयर निष्काशन गर्दा हुने हकप्रद शेयरको कूल कित्तामा समेत तात्विक फरक नपर्ने भएको हुँदा कम्पनीले हकप्रद अनुपात घटाएको जनाएको छ ।

कम्पनीले जारी सूचनामा नयाँ हकप्रद अनुपात निष्कासनका लागि नेपाल बीमा प्राधिकरण समक्ष स्वीकृतिको लागि अनुरोध गर्ने रनेपाल बीमा प्राधिकरणबाट स्वीकृति प्राप्त भए पश्चात यस कम्पनीको आगामी साधारण सभाबाट पछि अनुमोदन गराउने गरी हकप्रद निष्काशन प्रकृया अघि बढाउने निर्णय गरेको उल्लेख गरेको छ ।

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button