सिटिजन्स बैंकको वितरणयोग्य मुनाफामा २७.२५ प्रतिशतको गिरावट, इपिएस कति?

सिटिजन्स बैंकले गत आर्थिक वर्ष २०८०/८१ को अन्तिम त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार कम्पनीको वितरणयोग्य मुनाफामा २७.२५ प्रतिशतले गिरावट आएको छ ।

बैंकको नाफामा गिरावट आउनुको कारणमा इम्प्यरमेन्ट चार्जमा आएको उच्च वृद्धि देखिएको छ । चौथो त्रैमाससम्ममा बैंकले इम्प्यरमेन्ट चार्जका रुपमा एक अर्ब ७६ करोड रुपैयाँ छुट्ट्याएको छ जबकि अघिल्लो आवमा बैंकले एक अर्ब २१ करोड रुपैयाँमात्र इम्प्यरमेन्ट चार्जका रुपमा छुट्ट्याउन परेको थियो ।

खुद नाफा – चौथो त्रैमाससम्ममा कम्पनीको खुद नाफामा भारी गिरावट भएको देखिन्छ ।  बैंकले अघिल्लो आर्थिक वर्षमा कुल १ अर्ब ३४ करोड २४ लाख नाफा कमाएको छ । त्यस अघिको आव बैंकले १ अर्ब ८६ करोड ३७ लाख रुपैयाँ नाफा कमाएको थियो ।

खुद ब्याज आम्दानी – बैंकको खुद ब्याज आम्दानी पनि घटेको छ । चौथो त्रैमास सम्म कम्पनीले कुल ५ अर्ब ६८ करोड ६१ लाख रुपैयाँ ब्याज आम्दानी गरेको छ । त्यस अघिको आव बैंकले ५ अर्ब ८२ करोड ८४ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

खराब कर्जा अनुपात (एनपील) – बैंकको खराब कर्जा अनुपात (एनपील) पनि थप बढेको छ । चौथो त्रैमाससम्म कम्पनीको खराब कर्जा ४.०७ प्रतिशत पुगेको छ। अघिल्लो आर्थिक वर्ष यसै अवधिमा खराब कर्जा एनपीएल ३.३९ प्रतिशत रहेको थियो।

वितरणयोग्य मुनाफा – ६१ करोड ६१ लाख रुपैयाँ

प्रतिसेयर आम्दानी – ९.४५ रुपैयाँ

पीई रेसियो – २०.४७ गुणा (अन्तिम मूल्य १९३.५ हुँदा)

प्रतिसेयर नेटवर्थ – १५१.८१ रुपैयाँ

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button