
शुक्रबार सुनको भाउमा नयाँ उच्चतम रेकर्ड कायम भएको छ । आज सुनको भाउ प्रति तोला ५ सय रुपैयाँले बढ्दा चाँदी भने ५ रुपैयाँले सस्तिएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रति तोला एक लाख ४९ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसैगरी २२ क्यारेट सुन प्रति तोला एक लाख ३७ हजार ९१० रुपैयाँमा कारोबार भइरहेको छ ।
आज चाँदी प्रति तोला एक हजार ७ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ ।