
असार १८ गते देखि खुलेको विकास हाइड्रोपावर कम्पनीको आइपिओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।
कम्पनीले स्थानीयलाई ९ लाख ९ हजार १०१ कित्ता छुट्ट्याएपछि सर्वसाधारणका लागि धितोपत्र बोर्डबाट प्रति शेयर एक सय रुपैयाँ अङ्कित दरमा ३५,४५,५०० कित्ता साधारण निष्कासन गर्न अनुमति पाएको थियो । यसमध्ये १० प्रतिशतले हुन आउने ३ लाख ५४ हजार ५५० कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरु, दुई प्रतिशतले हुन आउने ७० हजार ९१० कित्ता शेयर निष्काशनकर्ता कम्पनीमा कार्यरत कर्मचारीहरुका लागि र पाँच प्रतिशतले हुन आउने एक लाख ७७ हजार २७५ कित्ता शेयर सामूहिक लगानी कोष योजनाहरुका लागि छुट्ट्याइएको छ ।
त्यसबाहेक बाकिँ २९ लाख ४२ हजार ७६० कित्ता सेयर कम्पनीले सर्वसाधारणमा जारी गरेको हो । आज २२ गते बैङ्किङ समयसम्म यस आइपिओमा आवेदन दिन सकिनेछ । कम्पनीले ४.५ मेगावाटको माथिल्लो माछाखोला साना जलविद्युत आयोजना निर्माण गरेको छ जसको प्रतिमेगावाट लागत करिब साढे २४ करोड रुपैयाँ रहेको छ ।
कम्पनीको २०८०/८१ विवरण अनुसार नेटवर्थ ९७.४३ रुपैयाँ रहेको छ । यस आइपिओको बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ ।