सोमबार सेयरबजारमा सामान्य वृद्धि आउँदा नेप्से परिसूचक १५.८३ अङ्कले घटेको छ । बजार दोहोरो अङ्कले बढेपनि कारोबारमा भने गिरावट आएको छ ।
उतारचढावबीच आज १५.८३ अङ्कले बढेर सेयरबजार २६८३.२४ अङ्कको विन्दुमा बन्द भएको हो । मध्यान्ह २६९५ अङ्कको विन्दुसम्म बढेर बजारले त्यसपछि भने ओरालो यात्रा थालेको थियो । आज १९१ स्क्रीप्टको सेयरभाउमा बढ्दा १०४ कम्पनीको सेयरभाउमा गिरावट आएको छ भने १४ कम्पनीको मूल्य स्थिर रहेको छ । आज कुल ६ अर्ब ३४ करोड ५८ लाख ९ हजार ५९७ रुपैयाँ कारोबार भएको छ जुन गत ११ दिन यताकै न्यून भोल्युम हो । मङ्गलबार ङादी ग्रुप पावर कम्पनीको सेयरको सबैभन्दा उच्च कारोबार भएको छ ।
आज सर्वाधिक कमाउने कम्पनीमा सुपर मादी हाइड्रोपावर, वेस्ट फाइनान्स र सामुदायिक लघुवित्त कम्पनी रहे । उक्त कम्पनीको सेयरभाउ १० प्रतिशत कै हाराहारीमा वृद्धि भयो । यसैगरी आज सर्वाधिक गुमाउनेतर्फ ङादी ग्रुप पावर रह्यो । उक्त कम्पनीको सेयरभाउ १० प्रतिशतले घट्यो ।
उपसूचकतर्फ फाइनान्स समूहको उपसूचक सर्वाधिक २.२७ प्रतिशतले बढ्दा म्युचुअल फन्ड समूहको उपसूचक सर्वाधिक ०.३२ प्रतिशतले घट्यो ।