तेह्रथुम पावर कम्पनी लिमिटेडले कम्पनीको सातौं वार्षिक साधारणसभा डाकेको छ । कम्पनीले आफ्ना सेयरधनीलाई कुनै लाभांशको व्यवस्था भने गरेको छैन ।
पुस २ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले पुस २६ गते काठमाडौंको मैतीदेवीस्थित वैभव पार्टी भेन्युमा बस्ने गरि साधारणसभाको मिति तय गरेको हो । कम्पनीले साधारणसभामा आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको प्रतिवेदन छलफल गरि पारित गर्ने, लेखापरीक्षण प्रतिवेदनसहित वित्तीय विवरणहरु पारित गर्ने, लेखापरीक्षक नियुक्ति गरि पारिश्रमिक निर्धारण गर्ने लगायत साधारण प्रस्तावहरु पेश गर्ने जनाएको छ ।
साधारणसभा प्रयोजनार्थ पुस १६ गते एक दिन बुक क्लोज गर्ने जनाएको छ । अर्थात पुस १५ गतेसम्म कायम सेयरधनीले मात्र साधारणसभामा भाग लिन सक्नेछन् ।
ADVERTISEMENT